मलाई जोडेर तथ्यहीन सूचना सम्प्रेषण नगर्दिनुस् : उपमेयर सुनिता डङ्गोल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले केही अनलाइनहरुले आफुसँग जोडेर तथ्यहीन सूचना सम्प्रेषण गरेको बताएकी छन । उपमेयर डङ्गोलले महानगरको अनधिकृत संरचना हटाउने अभियान आफुसँग जोडि भ्रामक सूचनाहरू सम्प्रेषणप्रति ध्यानाकर्षण गरेकी हुन।

उनले भनेकी छिन्, “केही दिनदेखि मुख्य गरेर केही अनलाइनहरुले महानगरपालिकाको पछिल्लो अभियानसँग मलाई जोडी आम महानगरवासीमा समेत भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषणप्रति मेरो ध्यानाकर्षण भएको छ । पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अङ्गका रूपमा लिइने गरिएको छ । पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरूलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन ।

यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिता प्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु ।”

त्यसैगरी,उनले महानगरपालिकाले पछिल्लो समय चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् । सामाजिक सञ्जालमा सार्वजनिक गर्दै यो अभियानमा आफ्नो साथ, सहयोग र समर्थन रहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

Array