पूर्व आयुक्त राजनारायण पाठक विरुद्धको मुद्दा हेर्दा हेर्दैमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा  हेर्दा हेर्दैमा राखिएको छ। आज सुनुवाई नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको हो । विशेष अदालतका अध्यक्ष  श्रीकान्त पौडेल, न्यायाधीशहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासमा बहस नसकिएकाले हेर्दा हेर्दैमा राखिएको छ।

भ्रष्टाचार नियन्त्रणको जिम्मा पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्त पाठकविरुद्ध २०७५ साल चैतमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। शुक्रबार मुद्दाको सुनुवाइ सुरु भएको र सरकारी कानुन व्यवसायीले बहस थालेका छन्। उनीहरुको बहस नै नसकिएकाले मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। ७८ लाख घुस लिएको भिडिओ सार्वजनिक भएपछि उनीविरुद्ध अख्तियारले अनुसन्धान गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

- Advertisement -
Ad image

तत्कालीन आयुक्त पाठकले भक्तपुर, चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने भनी उक्त कलेजका सञ्चालक लम्बोदरकुमार न्यौपानसँग ७८ लाख घुस लिएका थिए। अख्तियारको बयानमा पनि उनले उक्त घुस लिएको स्वीकार गरेका छन्। अख्तियारले आयुक्तसहित न्यौपानेविरुद्ध पनि मुद्दा दायर गरेको थियो।

दुवै जनाविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम जरिवाना र कैद सजाय माग अभियोगपत्रमा गरिएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्