सप्तरीमा झडप, ३ राउण्ड हवाईफायर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपराह्न तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीयवासी बीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाईफायर गरेको छ ।

भारतबाट तस्करी गरेर ल्याएको सामान एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो । यसरी तस्करी गरेर ल्याईएको सामान राखिएको घरको खनतलासी गर्न खोज्दा अवरोध गर्दै  प्रहरीमाथि ढुँगा लगायत घरेलु हतियार द्वारा प्रहरी माथि आक्रमण गरिएको थियो । घट्नामा ३ प्रहरी घाइते भएका छन् ।

 अहिले उक्त स्थानमा आवश्यक संख्यामा नेपाल प्रहरी र ससस्त्र प्रहरी रहेको र तस्करी गरिएको सामान नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताए । काफ्लेका अनुशार थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array