काठमाडौँ – मिस युनिभर्स ब्यूटी कन्टेष्टले नयाँ नियम सार्वजनिक गरेको छ । मिस युनिभर्स प्रतियोगितामा विगत ७० वर्षदेखि चल्दै आएको नियम अन्त्य गर्ने घोषणा गरेको छ । नयाँ नियम अनुसार अब विवाहित महिलाले पनि यो प्रतियोगितामा भाग लिन पाउनेछन् । यो नियम २०२३ को ७२औं संस्करणबाट लागू हुनेछ ।
आगामी वर्षदेखि लागू हुने यो नियमअनुसार अब कुनै पनि महिलाले उमेरका कारण यो प्रतियोगितामा सहभागी हुने सपना त्याग्नुपर्ने छैन । हालै लागू भएको नियम यसअघि १८ देखि २८ वर्ष उमेर समूहका अविवाहित महिलाले मात्रै यस प्रतियोगितामा भाग लिन पाउँथे । यो परिवर्तनले धेरैको अनुहारमा खुशी ल्याएको छ ।
जसमा सन् २०२० मा यो उपाधि जित्ने मेक्सिकोकी एन्ड्रिया मेजा पनि पर्छन् । यो नयाँ नियमको प्रशंसा गर्दै एन्ड्रियाले भनिन्, ‘व्यक्तिगत रूपमा म खुसी छु । पहिले यी पदहरूमा पुरुषको मात्र अधिकार थियो, तर अब परिवर्तनको समय आएको छ ।
प्रतिक्रिया दिनुहोस्