चीनको कारण नेपाली व्यवसायीको अर्बौंको कारोवार जोखिममा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

कोरोना संक्रमण बढेको कारण देखाउदै चीनले गत सातादेखि रसुवागढी नाकाबाट हुने आयात निर्यात रोकेपछि नेपाली आयातकर्तालाई अर्बौंको नोक्सान हुने भएको छ । दसैं र तिहार लक्षित सामग्री केरुङमै रोकिएका छन् । ठूलो धनरासीको व्यापार जोखिममा परेको छ । जसका कारण धेरै व्यापारी टाट पल्टिने सम्भावना रहेको छ । 

दसैं, तिहार जस्ता चाड र जाडोका लागि आयात गरिएका लत्ताकपडा, जुत्ताचप्पल लगायतका सामान ड्यामेज हुने खतरा रहेको छ। सवै भन्दा महत्वपूर्ण त स्याउ लगायतका फलफुल कन्टेरमै कुहिन थालेको छ । २० करोड भन्दा माथिको स्याउ लगायतका फलफुल मात्र रहेको आयातकर्ता व्यापारी रविन्द्र घिमिरे वताउछन् ।

- Advertisement -
Ad image

करिव २२५ कन्टेनर केरुंगमा रोकिएका छन् । यस वारेमा नेपाल सरकारका निकायलाई आधिकारिक कुनै जानकारी छैन । चीनले कुनै आधिकारिक जानकारी गराएको छैन ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार आइतवार देखि भन्सारमा कुनै कन्टेनर आएको छैन । शनिवार सम्म दैनिक १४ कन्टेनर भन्सारमा आउने गर्दथियो ।

भन्सार अधिकृत मैनालीका अनुसार रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको ३० महिना भएको छ र आवतजावत पूर्ण बन्द छ ।’

चीनले वारवार विना सूचना सिमा अवरूद्ध गर्दा नेपाली व्यापारीलाई अरवौको घाटा हुने गरेको छ  ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्