सत्ता गठबन्धन नटुटे नेकपा एमालेले प्रतक्षतर्फ ३९ सिट जित्छ: एमाले प्रमुख सचेतक विशाल भट्टराई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

सत्ता पक्षको गठबन्धन नटुटे नेकपा एमालेले प्रतक्षतर्फ ३९ सिट मात्र जित्न सक्ने एमालेले गरेको आन्तरिक अध्यनले देखाएको छ । यसको खुलासा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज एक कार्यक्रममा गरेका हुन् ।

बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै एमाले प्रमुख सचेतक भट्टराईले एमाले एक्लैले ३९ सिट जित्ने नेकपा एमाले अध्यक्ष खड्ग प्रसाद शर्मा ओलीलाई बुझाएको वताए । उनले भने “बाकी मद्धे ७० सिटमा हामी प्रतिस्पर्धी हौ। तर उनले १६५ मद्धे १०९ को हिसाव सुनाईरहदा बाकी रहने ५६ सीट को बारेमा केहि उल्लेख गरेनन। यस्तो सुन्दा कार्यक्रममा सहभागी हतास देखिन्थे ।

- Advertisement -
Ad imageAd image

एमाले अध्यक्षले बहुमतको दावी गरिरहदा एमाले नेताहरू भने पहिलो पार्टी बन्न नसक्ने निचोडमा पुगिसकेको देख्न सकिन्छ । यो निचोडमा पुगेका नेताहरू अध्यक्ष ओलीलाई गठबन्धनको निम्ति निरन्तर दवाव दिदैछन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्