तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १६ जनाको मृत्यु हुँदा सयौँ घर ध्वस्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित नाग्छु सहरको बाकेन काउन्टीलाई केन्द्रबिन्दु बनाएर गएको ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण व्यापक जनधनको क्षति भएको छ। जमिनको सतहबाट जम्मा १० किलोमिटर गहिराइमा गएको यस विनाशकारी भूकम्पका कारण अहिलेसम्म कम्तीमा १६ जनाको मृत्यु भइसकेको छ भने ४६ जना घाइते भएका छन्, जसमध्ये ११ जनाको अवस्था गम्भीर छ।

भूकम्पको कडा धक्का चीनका विभिन्न भूभागका साथै छिमेकी मुलुकहरू भारत र म्यानमारसम्म महसुस गरिएको थियो।

- Advertisement -
Ad image

भूकम्पका कारण प्रभावित क्षेत्रका ३३९ भन्दा बढी घरहरू पूर्ण रूपमा भत्किएका छन् भने राष्ट्रिय राजमार्ग ३१७ को एउटा खण्ड पहिरोका कारण अवरुद्ध बनेको छ। बाकेन काउन्टीमा बिजुली र सञ्चार सेवा पूर्ण रूपमा ठप्प भएको छ।

हाल चिनियाँ अधिकारीहरूले ‘लेभल–२’ को आपत्कालीन विपद् प्रतिकार्य सक्रिय गराउँदै १,६०० भन्दा बढी उद्धारकर्मी परिचालन गरेका छन् भने प्रभावितहरूका लागि ३,००० टेन्ट र खाद्यान्नसहितका सामग्री वितरण भइरहेको छ।

सो क्षेत्रमा अझै पनि साना पराकम्पहरू जाने क्रम जारी रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्