काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलहरूको टिकट मूल्य औपचारिक रूपमा सार्वजनिक गर्दै आजैबाट बिक्री खुला गरेको छ। क्यानले क्रिकेट प्रशंसकहरूका लागि साधारण र प्रिमियम गरी दुई फरक श्रेणीमा टिकटको दर तोकेको छ।
सार्वजनिक विवरण अनुसार लिग चरणका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १,००० रुपैयाँ निर्धारण गरिएको छ।
खेलहरू अघि बढ्दै जाँदा रोमाञ्चक बन्ने इलिमिनेटर, क्वालिफायर र फाइनल खेलहरूका लागि भने टिकट दर केही बढाएर साधारणतर्फ १,००० रुपैयाँ र प्रिमियमतर्फ २,००० रुपैयाँ कायम गरिएको छ।
एनपीएलको क्रेजलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट सहजै टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।


प्रतिक्रिया दिनुहोस्