आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने, भारत ‘ए’ सँगको शृंखला स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालको काठमाडौंमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यस ऐतिहासिक प्रतियोगितामा विश्वकप लिग–२ को पुछारमा रहेका चार टोली र च्यालेन्ज लिग ‘ए’ तथा ‘बी’ का शीर्ष दुई–दुई गरी कुल आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

हालसम्म आयोजक नेपालसहित क्यानडा, यूएई, इटाली र युगान्डाले यस प्रतियोगितामा आफ्नो स्थान पक्का गरिसकेका छन्।

- Advertisement -
Ad image

काठमाडौंमा हुने यस प्रतियोगिताको शीर्ष चारभित्र पर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायरका लागि छनोट हुनेछन्।

यसै ठूलो प्रतियोगिताको तयारी र व्यस्तताका कारण डिसेम्बर ९, ११ र १३ तारिखका लागि तय गरिएको नेपाल र भारत ‘ए’ बीचको महत्त्वपूर्ण क्रिकेट शृङ्खला हाललाई स्थगित गरिएको छ। उक्त शृङ्खलाको नयाँ मिति पछि बीसीसीआई र क्यानको आपसी समन्वयमा तय गरिने जानकारी दिइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्