प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र: भारतीय विदेश सचिव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०८३, बिहीबार
1 Min Read
Aa
New Delhi, Sep 11 (ANI): Foreign Secretary Vikram Misri addresses a press conference, in New Delhi on Thursday. (ANI Video Grab)

काठमाडौं – प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । उच्च स्रोतका अनुसार तिहारअघि नै मिश्रीको नेपाल भ्रमण गराउने तयारी भइरहेको छ ।

प्रधानमन्त्री शाहले २३ देखि २५ नोभेम्बरसम्म भारत भ्रमण गर्ने निश्चित भएपछि त्यसको तयारीका लागि मिश्री नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री बालेनको भ्रमणलाई व्यवस्थित बनाउन नेपाल र भारतका अधिकारीहरू आवश्यक तयारीमा जुटेका छन् ।

- Advertisement -
Ad image

मिश्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यसूची, द्विपक्षीय भेटवार्ता तथा भ्रमणसँग सम्बन्धित अन्य आवश्यक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि हुन लागेको विदेश सचिव मिश्रीको नेपाल भ्रमणलाई भ्रमणको तयारी र २ देशका अधिकारीबिच आवश्यक समन्वय गर्ने अवसरका रूपमा हेरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्