अर्थमन्त्री डा. वाग्ले नयाँदिल्लीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०८३, बिहीबार
0 Min Read
Aa

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँदिल्ली पुगेका छन् । उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँस्थित नेपाली नियोगका प्रतिनिधि डा. सुरेन्द्र थापाले स्वागत गरेका छन् ।

अर्थमन्त्री वाग्ले अक्टोबर २२ र २३ मा आयोजना हुने एनडीटीभी विश्व सम्मेलन २०२६ मा सहभागी हुन नयाँदिल्ली पुगेका हुन् । ‘व्यवस्थाहरूबीचको विश्व’ विषयमा आयोजना भइरहेको सम्मेलनमा उनले अक्टोबर २३ अर्थात् शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्