काठमाडौं – नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ६ हजार ८ सय २ थान खाना पकाउने ग्यास विक्री गरेको छ । नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा पाँच विक्री केन्द्र तोकेको थियो । सबैभन्दा बढी निगमको टेकु परिसरबाट दुई हजार २९० ग्यास सिलिण्डर विक्री भएको छ ।
यस्तै, बबरमहल केन्द्रबाट १६०० थान र कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२ थान ग्यास विक्री भएको निगमले जनाएको छ । यस्तै, यातायात कार्यालय चाबहिलबाट ७२० र राधास्वामी केन्द्रबाट ६०० ग्यास सिलिण्डर विक्री भएको हो ।
यस्तै, बालाजुबाट ५०० थान र साल्ट ट्रेडिङ जडिबुटी तथा कालिमबाटी काउन्टरबाट ३३० ग्यास विक्री भएको हो । निगमले आइतबारका लागि विक्री केन्द्र तोकेको छ । आइतबार सातवटा विक्री केन्द्रबाट ग्यास वितरण हुने भएको हो ।
निगमले आइतबार निमगको टेकु परिसर, पशु सेवा शाखा चपली, राधास्वामी किर्तीपुरबाट ग्यास वितरण गर्ने बताएको छ । यस्तै, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका परिसर राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास वितरण गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्