कांग्रेस महाधिवेशनमा मतदान भोलि बिहान ७ बजेदेखि मात्रै सुरु हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ। निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएपछि केन्द्रीय निर्वाचन समितिले भोलि बिहान ७ बजेदेखि मात्रै मतदान सुरु गर्ने निर्णय गरेको छ।

यसअघि बिहीबार बिहान १० बजेका लागि तय गरिएको मतदानको समय तीन पटकसम्म सारेर दिउँसो साढे २ बजे पुर्‍याइएको थियो। तर, दिउँसोसम्म पनि आवश्यक तयारी नपुगेपछि केन्द्रीय निर्वाचन समितिले भोलि बिहानका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।

- Advertisement -
Ad image

केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार प्राविधिक कारण तथा मतपत्र लगायतका निर्वाचन सामग्री आइपुग्न ढिलाइ भएकाले बिहीबार मतदान सम्भव नभएको हो। अब शुक्रबार बिहान ७ बजेदेखि पुनः मतदान प्रक्रिया सुरु हुने समितिले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्