नेप्सेमा सामान्य गिरावट: ४ अर्ब ५७ करोडको सेयर कारोबार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सोमबार सामान्य १.२० अङ्क (०.०४ प्रतिशत) ले ओरालो लागेर २,६८४.३३ विन्दुमा बन्द भएको छ।

दिनभरिको उतारचढावका बीच बजार सुस्त देखिए पनि कुल ३४९ कम्पनीका १ करोड १४ लाखभन्दा बढी कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।

- Advertisement -
Ad image

आज कुल १२६ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार भएका उपसमूहमध्ये म्युचुअल फण्ड, वाणिज्य बैंक र होटल समूह सकारात्मक रहे पनि व्यापार तथा उत्पादनमूलक समूहमा गिरावट आउँदा समग्र बजारमा सामान्य दबाब देखिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्