विवादको चरमोत्कर्षमा पुगेको कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ कार्तिक २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने छ । पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजेबाट बैठक सुरु हुनेछ ।

गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३ र २४ गतेका जेनजी’ आन्दोलन, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा कांग्रेसको भूमिका विषयमा बैठक केन्द्रित रहेको जनाइएको छ ।

- Advertisement -
Ad image

जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताए ।

हिजोको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक।

लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी)ले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

महाधिवेशनकाे कार्यतालिका पेश गर्न ठिक्क परेर बैठकमा पुगेका महामन्त्री गगन थापाले त्याे अवसर नपाउने भएपछि हिजाेकाे बैठक बहिष्कार गरेका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्