अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा सहभागी हुन ऊर्जामन्त्री कुलमान घिसिङ आज भारत जाँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०८२, सोमबार
1 Min Read
Aa
आन्दोलनबाट क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यका लागि स्थापना गरिएको कोषको विषयमा सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुहुँदै सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ। तस्बिरः गोपाल दाहाल/ रासस

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ आज भारत जाँदैछन् । उनी अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा सहभागी हुन भारत जान लागेका हुन्।

उक्त कार्यक्रममा ४० बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुनेछन् । नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य राष्ट्र हो । मन्त्री घिसिङ सोमबार दिउँसो १ः४५ बजे भारत जाने कार्यक्रम तय भएको र उनको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भइसकेको ऊर्जा मन्त्रालयले जनाएको छ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्