कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० आश्विन २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको हो ।

केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । केन्द्रीय समिति बैठकमा हुने छलफलका एजेण्डामा सहमति कायम गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

- Advertisement -
Ad image

कार्यसम्पादन समितिको बैठक पनि केन्द्रीय कार्यालयका सानेपामै बस्ने छ । जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो ।

आजको बैठक सोही बैठकको निरन्तरता हो । हिजो २९ गते एक दिन विश्राम लिएर आजबाट बैठकलाई निरन्तरता दिन लागिएको कांग्रेस नेताहरुले बताएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्