कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा ५३ प्रतिशत प्रतिनिधिको हस्ताक्षर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – विशेष महाधिवेशनको पक्षमा नेपाली कांग्रेसका ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

उक्त हस्ताक्षरसहितको निवेदन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुधबार बुझाइएको छ। आज केन्द्रीय कार्यालय सानेपामा कांग्रेस नेता गुरुराज घिमिरेसहितका नेताले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका हुन्।

- Advertisement -
Ad image

मङ्सिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा पार्टी पदाधिकारीबीच सहमति बन्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षरसहितको निवेदन दिइएको हो।

पार्टीको विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ। सभापति शेरबहादुर देउवाले मंगलबार मात्रै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्