आईसीसी टी-२० एशिया छनोट: सुपर सिक्सको दोस्रो खेलमा नेपाल र कतारको भीडन्त, कसले मार्ला बाजी ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले सोमबार कतारसँग खेल्दैछ ।

यो खेल नेपाली समयानुसार बेलुकी पौने ९ बजे ओमानमा हुनेछ । यसअघि नेपालले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित निकालेको थियो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ ।

- Advertisement -
Ad image

खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । यूएईलाई अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा ३ विकेट गुमाएर १ रन मात्र जोड्न सक्यो । नेपाल २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । २ खेलमा ४ अङ्क नै भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ ।

यूएई २ खेलमा दुई अङ्कसहित तेस्रो स्थानमा छ । सुपर–६ मा समूह एबाट यूएई र कतार, समूह बीबाट नेपाल र जापान तथा समूह सीबाट ओमान र सामोआ पुगेका छन् ।

यस्तै नेपालले बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ । सुपर–६ मा शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्