दशैंपछिको पहिलो कारोबार दिनमै नेप्सेमा उच्च अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – दशैंको लामो बिदापछि सञ्चालनमा आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ५८.५५ अंकले घटेको छ । मंगलबार नेप्सेमा ४ अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६०४.९६ विन्दुमा पुगेको हो । नेप्से घटेसँगै नेप्सेको पुँजीकरण पनि २.१९ प्रतिशतले घटेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका मध्ये २३५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने १६ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । त्यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

- Advertisement -
Ad image

आज नेप्सेमा सेन्चुरी डिबेन्चर २०८८ को कारोबार गर्नेले सबैभन्दा धेरै मुनाफा आर्जन गरेका छन् भने भूगोल इनर्जीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । मंगलबारको सेयर कारोबारमा सबै उपसमूह नकारात्मक बन्न पुगेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्