एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्ने सरकारको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) का नेता महेश बस्नेतलाई पक्राउ गर्ने सरकारको तयारी छ। गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री ओमप्रकाश अर्यालले बस्नेतलाई पक्राउ गर्न निर्देशन दिइसकेका छन्।

पछिल्लो समय भडकिला अभिव्यक्ति दिइरहेका बस्नेतलाई आइतबार नै पक्राउ गर्न उपत्यका प्रहरी प्रमुख एआइजी दानबहादुर कार्कीलाई आदेश दिइएको थियो । तर आइतबार गुण्डुमा एमालेको सचिवालय बैठक चलिरहेकाले उनलाई पक्राउ नगरेको स्रोतले जनाएको छ।

- Advertisement -
Ad image

बस्नेतविरुद्ध शोभा पाठक थरकी महिलाले उजुरी दिएकी छन्। सोही उजुरीको आधारमा उनलाई पक्राउ गर्न लागिएको हो। पाठकले महेशविरुद्ध तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई संरक्षण गरेर आफूमाथि अन्याय गरेको भन्दै सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएकी छिन्।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले आइतबारै पूर्व परराष्ट्रमन्त्री आरजु देउवाका भाइको घरमा छापा मारेको थियो। ठूला नियुक्ति, सरुवा, बढुवा र ब्रोकरको काममा सक्रिय रहेका राणा भने हाल युरोपमा छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्