काठमाडौँ – बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंक (१.०३ प्रतिशत) घटेको छ । सो गिरावटपछि २६५४ अंकमा कायम भएको छ । सुरुवाती कारोबारमा उतारचढाव देखिएको थियो ।
अघिल्लो दिन ५ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३१७ कम्पनिका ९४ लाख ८ हजार ६६३ कित्ता शेयर ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ५६३ मा कारोबार भएको थियो । आज होटल तथा टुरिजम र म्युचुअल फन्डबाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
आज माथिल्लो मैलुन खोला जलविद्युत र सिटी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै उन्नत सहकार्य लघुवित्तको सबैभन्दा बढी ५.३८ प्रतिशतले गिरावट आएको छ ।
त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २२ करोड १३ लाख र नेपाल रिइन्सुरेन्सको १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्