५८.६३ अंकले बढ्यो नेप्से कारोबार रकम भने घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.६३ अंकले बढेको छ । आईतबार १११.७० अंकले बढेको नेप्से मंगलबार पनि दोहोरो अंकले बढेर २६८२.२५ अंकमा पुगेको हो ।

आज ५ अर्ब २९ करोड २७ लाख बराबरको कारोबार भएको छ । यसअघि आईतबार ९ अर्ब १७ करोडको कारोबार भएको थियो । आज कारोबारमा आएकामध्ये २३८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

- Advertisement -
Ad image

मंगलबार नेप्सेमा भएको सेयर कारोबारमा सप्तकोशी विकास बैंक समूहको सेयर कारोबारीले सबैभन्दा धेरै नाफा कमाए भने प्रभु स्मार्ट फन्डको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए । नेप्से परिसूचक बढेसँगै आज सबै समूहको सूचक पनि बढेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्