१११ अंकले बढ्यो नेप्से: १४ कम्पनीको मूल्यमा ‘सकारात्मक सर्किट’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ आश्विन २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार सेयर बजारमा उछाल आएको छ । बिहीबार १६० अंकले घटेको सेयर बजार आज १११ अंकले बढेको हो । यसदिन नेप्से परिसुचक २६२३ मा पुगेर रोकिएको छ । यसदिन २ करोड कित्ता सेयर किनबेच भयो भने ९ अर्बको कारोबार भयो ।

आज कारोबारमा आएका २२४ कम्पनीको सेयर मूल्य बढ्यो भने २८ कम्पनीको घट्यो । कारोबार रकमका आधारमा आज नेपाल रि इन्सुरेन्स, हिमालय रि इन्सुरेन्स र गार्डियन माइक्रोलाइफ इन्सोरेन्स अगाडि रहे ।

- Advertisement -
Ad imageAd image

यसदिन १४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १५ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढे । आज म्यूचल फण्ड र नन लाइफ इन्सोरेन्स सुचक बाहेक सबै इन्डेक्स उकालो लागे ।

सवैभन्दा धेरै व्यापार ८.३३,लगानी ७.७७, विकास बैंक ६.३४ फाइनान्स ६, हाइड्रोपावर ५.९८ प्रतिशतले बढे । यस्तै बैंकिङ ४.७६, होटल एण्ड पर्यटन २.५५, जीवन बिमा ५.९३, निर्माण र प्रशोधन ४.८६, लघुवित्त ४.०७ र अन्य १.८६ प्रतिशतले बढे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्