संसद् विघटन असंवैधानिक भएको कांग्रेसको निश्कर्ष: आगजानी र तोडफोडको निन्दा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संसद् विघटन असंवैधानिक भएको निश्कर्ष निकालेको छ । आज (शुक्रबार) पार्टी मुख्यालय सानेपामा उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले यस्तो निश्कर्ष निकालेको हो । यसअघि पनि कांग्रेसले संसद् विघटनको विरोध गरिसकेको छ ।

आज कार्यसम्पादन समितिको बैठकले पनि यस्तो ठहर गरेको हो । प्रतिनिधिसभा विघटनको विरोध गरेको कांग्रेसले यस विषयमा अरु राजनीतिक दलसँग पनि छलफल गर्ने भनेको छ ।

- Advertisement -
Ad imageAd image

यस्तै, भदौ २४ गते भएको प्रदर्शनको क्रममा भएको तोडफोड, आजगजी र लुटपाटको यो बैठकले निन्दा र भर्त्सना गरेको नेता मीन विश्वकर्माले जानकारी दिए । तर, अन्तरिम सरकारलाई फागुन २१ गते हुने चुनाव सफल बनाउन सघाउने उसको निर्णय छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्