देउवाको उपचार छाउनी अस्पतालमा: गधर्नमा गम्भीर चोट लागेपछि १२ टाँका लगाइयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा सुधार भैरहेको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको पछिल्लो स्वास्थ्यबारे यस्तो ब्रिफ गरेका हुन् ।

भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा युवाहरुले देउवामाथि सांघातिक हमला गरेका थिए। देउवालाई गम्भीर चोट लागेको र १२ वटा टाँका लगाईएको छ । देउवापत्नी डा. आरजु राणामाथि पनि भौतिक आक्रमण भएको थियो ।

- Advertisement -
Ad image

देउवा दम्पत्तिको स्वास्थ्यमा अहिले सुधार आएको छ । तर, चिकित्सकको निगरानीमा नै बस्नु परेकोले अझै केही दिन अस्पतालमा नै रहने बताईएको छ। खड्काले सभापति देउवाको उपचार छाउनीस्थित् नेपाली सेनाको अस्पतालमा भैरहेको जनाईएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्