बुधबार पनि सेयर बजारको ओरालो यात्रा कायमै: १५.६४ अंकले घट्यो नेप्से

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ भाद्र २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – बुधबार पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । यसदिन नेप्से १५.६४ अंक घटेर परिसुचक २७२६ बिन्दुमा पुगेर रोकिएको छ ।

यसदिन १ करोड १३ लाख कित्ता सेयर किनवेच हुँदा ४ अर्ब ७२ करोडको कारोबार भयो । बुधबार ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्य घटेको छ ।

- Advertisement -
Ad image

कारोबार रकमका आधारमा आज यूनियन हाइड्रोपावर अगाडि रह्यो । यसदिन हिमस्टार उर्जाको सेयर १० प्रतिशतले बढ्यो । आज व्यापार र सामूहिक लगानी कोष बढेका छन् । सुधार आएका समूहगत परिसूचकमध्ये व्यापार ३.१८ र सामूहिक लगानी कोष ०.०४ अंकले बढेका छन् ।

त्यसैगरी बैंकिङ ७.९४, विकास बैंक ४९.२२, वित्त १८.३६, होटल ६५, जलविद्युत ३२.४३, लगानी ०.५९, जीवन बीमा ७२.५९, उत्पादनमूलक ३०.१०, लघुवित्त ३५.१४, निर्जीवन बीमा ४९.२९ र अन्य ७.२८ अंक घटेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्