मोन्टी देसाई काठमाडौं गोर्खाजको प्रशिक्षकमा नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ असार २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं गोर्खाजले मोन्टी देसाईलाई प्रशिक्षकमा नियुक्त गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक मोन्टीलाई गोर्खाजले दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षक बनाएको हो । मोन्टीले रणजी ट्रफीमा आन्द्र प्रदेश, अफगानिस्तान टिम, यूएई राष्ट्रिय टिम र क्यानडाको मूख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षकको अनुभव भएका मोन्टीले त्यसपछि नेपाली टिमको प्रशिक्षकको रुपमा दुई बर्ष बिताएका थिए ।

- Advertisement -
Ad image

काठमाडौं गोर्खाजले दोस्रो संस्करणका लागि यसअघि नै छ खेलाडीलाई रिटेन गरेको छ । जसमा मार्की खेलाडी करण केसीसँगै, साहब आलम, भीक सार्की, दिपेश कँडेल, प्रतिक श्रेष्ठ र राशिद खान रहेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्