नेपालले अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने: टीम घोषणा अर्को साता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ असार २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपालले अष्ट्रेलियाको डार्विनमा टी-२० सिरिज खेल्ने भएको छ । नेपालले आईसीसी पुरुष टी२० विश्वकप एसिया छनोटको तयारीको रूपमा आउँदो अगस्ट १४(२४ सम्म टप इण्ड टी(२० सिरिज खेल्ने भएको हो ।

नेपालले अस्ट्रेलियामा रहँदा कम्तीमा पनि ६ खेल खेल्नेछ। अस्ट्रेलियामा हुने तयारीले नेपालको टी-२० विश्वकप छनोटमा सहयोग पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले विश्वास लिएको छ।

- Advertisement -
Ad image

सिरिजमा सहभागी हुने टोलीको नाम अर्को साता घोषणा हुने बताइएको छ। त्यसपछि नेपालले सेप्टेम्बर २७ देखि ३० सम्म दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२०आई सिरिज खेल्नेछ ।

विश्व टी-२० क्रिकेट वरीयतामा नेपाल १८औं स्थानमा छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्