नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ जेष्ठ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । उनी राष्ट्र बैंकको १८औं गभर्नर बनेका छन् ।

मंगलबारै अर्थ मन्त्रालयमा बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

- Advertisement -
Ad image

यसअघि पौडेललाई गभर्नर बनाउने विषयमा सत्तारुढ दलहरू नेपाली कांग्रेस र एमालेबीच सहमति जुटेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्