राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरू ४ घण्टापछि रिहा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ बैशाख २०८२, आईतवार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको ४ घण्टापछि रिहा गरेको छ ।

आईतबार सिंहदरबारभित्र प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएका अध्यक्ष लिङ्देनसहित बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, कैलाश कटुवाल लगायतलाई रिहा गरेको हो ।

- Advertisement -
Ad image

निषेधित क्षेत्र तोड्दै गिरफ्तारी दिने राप्रपाको तयारी रहे पनि प्रहरीले आन्दोलनको नेतृत्वकर्ता नेताहरूलाई सिंहदरबार भित्रैबाट पक्राउ गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्