बुटवलमा रविको बयान सकियो: सहकारी ठगीको आरोप अस्वीकार, आजै पोखरा पठाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – प्रहरी नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । रुपन्देहीमा तीन दिनमा उनको बयान सकिएको हो । सहकारी ठगी प्रकरणमा उनी प्रहरीको थुनामा पुगेका हुन् ।

गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरेका लामिछानेलाई सोही दिन कास्की पठाइएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता रहेको आरोप छ । त्यस्तै, बुटवलको सुप्रिम सहकारी ठगीमा पनि उनको संलग्नताको आरोप लागेको छ ।

- Advertisement -
Ad image

रुपन्देही प्रहरीले उनलाई तीन दिन लगाएर ७० वटा प्रश्न सोधेको छ । उनले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आरोप अस्वीकार गरेका छन् ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्