सार्वजनिक शान्तिविरुद्धको कसुरमा रास्वपा वडा सभापति पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०८३, सोमबार
1 Min Read
Aa

सिरहा – सिरहाको गोलबजारमा दुई समुदायबीच भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोलबजार नगरपालिका-११ का वडा सभापति दानिश खान पक्राउ परेका छन्।

सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई गोलबजार क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।

- Advertisement -
Ad image

गत साउन १४ गते भएको उक्त घटनामा खानको मुख्य भूमिका रहेको आरोप लगाउँदै दुई महिनाअघि उनीविरुद्ध जाहेरी दर्ता भएको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार गए राति मात्र प्रहरीले सोही मुद्दामा वडा नम्बर ११ का अध्यक्ष सोहेव अनवरलाई पनि पक्राउ गरिसकेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्