स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेको छ । पार्टीले सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनमा नेतृत्व लिन इच्छुक योग्य नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो ।

पार्टीका अनुसार यस अन्तर्गत इच्छुक व्यक्तिहरूले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि उम्मेदवारी दिनका लागि आवेदन दिन सक्नेछन् ।

- Advertisement -
Ad image

स्थानीय तहमा सक्षम, योग्य र पारदर्शी नेतृत्व स्थापित गर्ने उद्देश्यसहित पार्टीले यो कदम चालेको पार्टीले जनाएको छ । यसले स्थानीय निर्वाचनमा सहभागी हुन चाहने नयाँ तथा उत्साही नेतृत्वलाई औपचारिक माध्यमबाट अगाडि आउन अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्