हिमपहिरोको जोखिमः कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न सरकारकाे आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ कार्तिक २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं – उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्ने चेतावनीपछि सरकारले कात्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न तथा नगराउन आग्रह गरेको छ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनीका आधारमा पदयात्रा रोक्न अनुरोध गरेको हो।

- Advertisement -
Ad image

विभागका निर्देशक सूर्यप्रसाद चापागाईँद्वारा जारी सूचनामा उक्त अवधिमा पर्यटकहरूलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र पदयात्रामा निस्किसकेकाहरूलाई सुरक्षित स्थानमै रहन आग्रह गरिएको छ।

प्रतिकूल मौसमलाई ध्यानमा राख्दै विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित क्षेत्रमा जान आवश्यक पर्ने पदयात्रा अनुमति पनि मंगलबारदेखि कात्तिक १२ देखि १४ गतेसम्मका लागि जारी नगर्ने निर्णय गरेको छ।

विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, गाइड तथा सम्बन्धित सबै सरोकारवालालाई सूचनाको पूर्ण पालना गर्न र सम्भावित जोखिमबाट जोगिन अपिल गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्