प्रधानमन्त्री ओलीसामू उपसभामुख रानाले राखिन् आफ्नो विषय, राजीनामा नदिने जवाफ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०८१, शुक्रबार
1 Min Read
Aa
rptnb

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आफूले कुनै गल्ती नगरेको भन्दै तत्काल राजीनामा नदिने स्पष्ट पारेकी छिन् । आज (शुक्रबार) साँझ बसेको संवैधानिक परिषद्को बैठकमा सहभागी भएकी उपसभामुख रानाले आफूलाई हटाउन लागिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसामू जिज्ञासा राख्ने क्रममा यस्तो स्पष्ट पारेकी हुन् ।

प्रधानमन्त्री ओलीले भने संवैधानिक परिषद्को बैठकमा विषयबाहिरको कुरा नराख्न भनेको बताईएको छ । तर, विपक्षी दलका नेता पुष्पकमल दाहालले पनि चासो राखेका थिए । राजीनामा मागिएको र नदिए महाभियोग लगाएर हटाउने भनेर सत्ता पक्षले हस्ताक्षर नै संकलन गरेको विषय बाहिरिएपछि उपसभामुखले त्यसबारेमा जिज्ञासा राख्नु स्वभाविक भएको प्रचण्डको भनाई थियो । जवाफमा प्रधानमन्त्री ओलीले बजारको हल्लाबारे कुरा नगरौं भनेको रानाले जानकारी दिईन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्