टी-२० विश्वकपमा भारतको विजयी सुरुआत: पिएनजी र युगाण्डा बिचको खेल जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ जेष्ठ २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – जारी आईसीसी टी-२० विश्वकपमा भारतले विजयी शुरुवात गरेको छ । बुधबार राति सम्पन्न खेलमा भारतले आयरल्याण्डलाई २ विकेटले पराजित गरेको हो ।

समुह ए अन्तर्गतको यस खेलमा आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले १२.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

- Advertisement -
Ad image

भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाएका थिए भने ऋषव पन्तले ३६ रन बनाए भने सूर्यकुमार यादवले २ रन बनाएका थिए । रोहित शर्मा ५२ रन बनाएर रिटायर हर्ट भएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ्ग गरेको आयरल्याण्डले १६ ओभरमा अल आउट हुदै ९६ रन बनाएको थियो । आयरल्याण्डका लागि ग्यारेथ डेलानीले सर्बाधिक २६ रन बनाएका थिए भने जोश लिटिलले १४, कर्टिस काम्फरले १२ तथा लोर्कान टेक्टरले १० रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर हार्दिक पाण्डेयले ३ विकेट लिए भने जसप्रीत बुमराह र अर्शदीप सिंहले २-२ तहत मोहमद सिराज र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।

यो जितसँगै भारतले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब आयरल्याण्डले दोस्रो खेल जुन ७ मा क्यानडाविरुद्ध खेल्दै छ । त्यसै गरी भारतले भने जुन ९ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ ।

टी-२० विश्वकपमा समुह सी मा रहेका पीएनजी र युगाण्डाबिचको खेल जारी छ, यो समाचार तयार पार्दासम्म पहिले ब्याटिङ्ग थालेको पिएनजीले ताजा अवस्थामा १३ ओभरमा ६ विकेट गुमाउदै ५१ रन बनाएर खेलिरहेको छ । त्यस्तै आज दोस्रो खेलमा समुह बी मा रहेका अस्ट्रेलिया र ओमान तथा आजै साँझ आयोजक अमेरिका र पाकिस्तान बिचको प्रतिस्पर्धा हुदैँ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्