एसिया कप क्रिकेटमा बंगलादेशलाई श्रीलंकाले दियो २५८ रनको लक्ष्य

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – एसिया कप क्रिकेटमा बंगलादेशलाई श्रीलंकाले जितका लागि २५८ रनको चुनौती दिएको छ।

कोलम्बोको रणसिंघे प्रेमदास स्टेडियममा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २५७ रन बनाएको हो।

- Advertisement -
Ad image

श्रीलंकाका लागि सदीरा समरविक्रमाले विस्फोटक पारी खेले। उनले ७२ बलमा ८ चौका र २ छक्काको मद्दतमा ९३ रन बनाउँदा श्रीलंकाले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो। कुसल मेन्डिसले पनि ७३ बलमा अर्धसतक पूरा गरे।

कप्तान दासुन शानकाले २४ र ओपनर पथुम निसानकाले ४० रनको योगदान गरे। बंगलादेशका लागि तस्किन अहमद र महमुदले समान ३ विकेट लिँदा शरीफुल इस्लामले २ विकेट लिए। बंगलादेशले समूह चरणको बदला लिने लक्ष्यसहित केहीबेरमा ब्याटिङ गर्दैछ।

यसअघि समूह चरणको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो। सुपर ४ कै खेलमा आइतबार भारत र पाकिस्तान भिड्ने भएका छन्। समूह चरणमा यी दुई टोलीको खेल वर्षाका कारण प्रभावित भएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्