बालेनका बुबा रामनारायणको अन्त्येष्टि: श्रद्धाञ्जलीका लागि उच्च अधिकारीहरु आर्यघाटमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुबा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समयदेखि मधुमेह साथै पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित शाहको ७७ वर्षको उमेरमा आईतबार (मंसिर १५) १२ः२० मा निधन भएको थियो ।

अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा भर्ना भएका उनको आइतबार मध्यान्हमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।

- Advertisement -
Ad imageAd image

आयुर्वेदिक डाक्टर समेत रहेका रामनारायणलाई श्रद्धाञ्जली दिन उच्च पदाधिकारीहरु आर्यघाट पुगेका थिए । उर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, खेलकुदमन्त्री बब्लु गुप्ता, प्रहरी प्रमुख दानबहादुर कार्की पशुपति पुगेका थिए । त्यस्तै, ललितपुरका मेयर चिरिबाबु महर्जन, नेता राजेन्द्र महतोलगायत आर्यघाट पुगेका थिए । साथै, कलाकार र सामाजिक अभियान्ताहरु पनि रामनारायणलाई श्रद्धाञ्जली दिन आर्यघाट पुगेका थिए ।

रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनी अचानक अस्वस्थ भएपछि उपचारका लागि नयाँ बानेश्वस्थित निजामती अस्पतालमा लगिएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्