पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन: मन्त्री घिसिङ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ कार्तिक २०८२, सोमबार
1 Min Read
Aa
आन्दोलनबाट क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यका लागि स्थापना गरिएको कोषको विषयमा सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुहुँदै सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ। तस्बिरः गोपाल दाहाल/ रासस

काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको भनेर आएको समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

उनले लेखेका छन्–‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्