सरकारी जग्गामा बनेका अवैध संरचनामाथि डोजर चलाउन मन्त्री घिसिङको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०८२, आईतवार
1 Min Read
Aa
आन्दोलनबाट क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी कार्यका लागि स्थापना गरिएको कोषको विषयमा सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुहुँदै सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ। तस्बिरः गोपाल दाहाल/ रासस

काठमाडौं – सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारी जग्गामा बनेका अवैध संरचनामाथि डोजर चलाउन काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएका छन् । स्रोतका अनुसार मन्त्री घिसिङलाई भेट्न उपत्यका विकास प्राधिकरणको टिम हिजो मन्त्रालयमा पुगेको थियो । सो क्रममा सबैभन्दा धेरै सरकारी जग्गा मिच्ने नेतादेखि व्यापारीसम्मको लिस्ट उनीहरुले मन्त्री घिसिङलाई दिएका छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार काठमाडौं जिल्लामा मात्रै १ लाख रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमण भएको छ । प्राधिकरण स्रोतका अनुसार यसरी जग्गा अतिक्रमित गर्नेहरुमा पहुँचवाला र शक्तिशाली मान्छेहरु रहेका छन् । १ लाख रोपनी अतिक्रमित जग्गामध्ये सुकुम्बासी बस्तीले ५/७ सय रोपनीमात्रै ओगटेको छ ।

- Advertisement -
Ad imageAd image

नेपाल प्रहरीका पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालदेखि भिभोर होटल, हरिभक्तलाल श्रेष्ठ, अमर आदर्श स्कूल, विजय सम्बाहाम्फेको लोयल्टी एकेडेमी र नेपाली कांग्रेसका शीर्ष नेताहरुले समेत सरकारी जग्गा हडपेको पाइएको प्राधिकरण स्रोतले बतायो ।

‘हिजो प्राधिकरणको टिमले मन्त्रीज्यूलाई भेटेको थियो । सो क्रममा सरकारी जग्गा अतिक्रमण गर्ने १८/२० जना ठूला भू–माफियाहरुको नाममा हामीले मन्त्रीज्यूलाई दिएका छौं । मन्त्रीज्यूले सरकारी जग्गामा बनेका सबै अवैध संरचनामा डोजर चलाउन निर्देशन दिनुएको छ,’– प्राधिकरण स्रोतले भन्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्