प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनविरुद्ध सर्वोच्चमा थप ५ वटा रिट दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ कार्तिक २०८२, आईतवार
1 Min Read
Aa
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको दाबीसहित सर्वोच्च अदालतमा थप ५ वटा रिट परेको छ । योसँगै प्रधानमन्त्री कार्कीको नियुक्ति र संसद् विघटनलाई च्यालेन्ज गरेर सर्वोच्चका दायर भएको रिटको संख्या १६ पुगेको छ ।

यसअघि प्रधानमन्त्री कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दायर भएको थियो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताएअनुसार दर्ता भएका १६ वटै रिट निवेदन सुनुवाइका लागि एक साथ पेश हुनेछन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले दर्ता भएका सबै रिट संवैधानिक इजलासमा पेश गर्न तोक लगाएका छन् ।

- Advertisement -
Ad image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्