प्रधानमन्त्री कार्कीले भनिन्ः चुनावका लागि सबै जिम्मेवार बनौं

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ कार्तिक २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा हुने निर्वाचन सहज र सफल रूपमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएकी छन् ।

शनिबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री, अन्य मन्त्रीहरू र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलपछि उनले राजनीतिक निकासका लागि निर्वाचन तयारीमा सकारात्मक प्रगति भएको र काम अझ द्रुत गतिमा अघि बढिरहेको जानकारी दिइन् ।

- Advertisement -
Ad imageAd image

प्रधानमन्त्री कार्कीले ट्विटरमार्फत निर्वाचन तयारी तथा सुरक्षा सुनिश्चित गर्न गम्भीर छलफल भएको उल्लेख गर्दै सबै पक्षले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तत्परता देखाएको जानकारी गराइन् । उनले राजनीतिक तहबाट पनि चुनावको वातावरण बनाउन पहलकदमी र राजनीतिक दलहरूसँग संवाद सुरु भएको बताइन् ।

उनले भनिन्, ‘सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ।’

यसअघि शीतल निवासमा उनले सुरक्षा निकायले माग गरेका सम्पूर्ण साधन स्रोत दिन सरकार सक्षम र तयार रहेको बताएकी थिइन् । सुरक्षा निकायका प्रमुखहरूले भयरहित वातावरणमा आमनिर्वाचन सम्पन्न गराउन तयार रहेको बताएका थिए।

योभन्दा पनि कठिन परिस्थितिमा निर्वाचन सम्पन्न भएका घटनाक्रमलाई स्मरण गर्दै शान्ति सुरक्षा प्रदान गरेर भयरहित वातावरणमा निर्वाचन गराउने कुरामा सुरक्षा निकाय सक्षम रहेको र सम्पूर्ण रूपले तयार रहेको उनीहरूको भनाइ थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्