११ औँ महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एमालेले पार्टीको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरा गर्ने निर्णय गरेको छ।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी ओलीको मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति विषयक विशेष प्रस्तावलाई पारित गर्दै ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

- Advertisement -
Ad imageAd image

बैठकले संसद् पुनस्र्थापनाको विकल्प नभएको निष्कर्ष निकाल्दै यसका लागि लोकतन्त्र र संविधान पक्षहरुसँग सहकार्य गर्ने निर्णय भएको उनले बताए।

त्यस्तै बैठकले संसद् पुनस्र्थापनामा एमालेको जोड भएपनि पार्टी निर्वाचनबाट नभाग्ने भन्दै निर्वाचनको वातावरण बनाउन माग गरेको छ। बैठकले मुलुकमा राष्ट्रिय एकता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने र त्यसका लागि पार्टी एकताबद्ध भएर अघि बढने निर्णय गरेको गौतमले बताए।

जेनजी आन्दोलनका क्रममा भएको घुसपैठको स्वतन्त्र निष्पक्ष छानविन गर्दै दोषिलाई कारबाही गर्न बैठक माग गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्