अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – सामोआविरुद्ध उत्कृष्ट जित निकाल्दै नेपालले आईसीसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्न सफल भएको छ ।

शुक्रबार ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भएको आफ्नो अन्तिम खेलमा नेपालले सामोआलाई १ सय २४ रनले पराजित गर्‍यो । नेपालले सामोआलाई २ सय १२ रनको चुनौती दिएको थियो ।

- Advertisement -
Ad imageAd image

जवाफी ब्याटिङ गरेको सामोआ निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमा समेटियो । नेपालका ललीतनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिए । त्यसअघि सामोआले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो ।

आजको खेलमा नेपालका ओपनर आशिफ शेख र मिडिल अर्डर ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । शेखले ४१ बलमा ६९ रन बनाए । उनले ४ छक्का र ७ चौका प्रहार गरे ।

त्यस्तै, ऐरीले ३३ बलमा ५३ जोडे । यस क्रममा उनले ४ छक्का र २ चौका प्रहार गरे ।

नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगिताअन्तर्गत सुपर सिक्सका खेलमा नेपालले ओमनलाई ३८ रनले पराजित गरेको थियो । त्यसैगरी नेपालले कतारलाई पाँच रन, यूएईलाई एक रनले पराजित गरेको थियो ।

ग्रुप बीमा रहेको नेपालले समूह चरणमा जापानलाई ५ विकेट र कुवेतलाई ५८ रनले पराजित गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्