एमाले केन्द्रीय कमिटी बैठकः ५० जना केन्द्रीय सदस्यको सुझाव प्रस्तुत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं केन्द्रीय कमिटी बैठकको पहिलो दिनको बैठक सम्पन्न भएको छ।

ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

- Advertisement -
Ad image

उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गर्नुभएको राजनीतिक परिस्थिति र हाम्रो नीतिसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव राखेको बताए।

उनका अनुसार केन्द्रीय सदस्यहरुले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटनका सम्बन्धमा महत्वपूर्ण सुझाव दिएका छन्। राजनीतिक प्रतिवेदनमाथिको सुझाव दिनका लागि केन्द्रीय सदस्यलाई तीन मिनेटको समय तोकिएको छ।

प्रचार विभाग प्रमुख गौतमले तीन मिनेटभित्र राख्न नसकेको कुरा लिखित रुपमा प्रस्तुत गर्न अनुरोध गरिएको बताए। उनले भोलि बिहान ८ बजेदेखि बैठक पुनःसुरु हुने बताए।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पार्टीको ११औं राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ। बैठक यही असोज ३१ गतेसम्म सञ्चालन हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्