नेपाल तेस्रो पटक टी-२० विश्वकपमा छनोट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपालले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० आईसीसी विश्वकप, २०२६ का लागि छनोट भएको छ। ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो।

जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो। यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो।

- Advertisement -
Ad imageAd image

गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अंकको आवश्यक पर्दथ्यो। तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो।

साथै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ। आजै सम्पन्न अर्को खेलमा कतारले जापानलाई तीन विकेटले हराएसँगै ओमान पनि विश्वकपमा पुगेको हो। नेपाल र ओमानले हाल तीन खेलबाट ६ अंक जोडेका छन्। युएईको चार अंक रहँदा जापान र कतारको समान दुई अंक छ। अब अन्तिम खेलमा युएईले जापानको सामना गर्दैछ। उक्त खेलपछि विश्वकपमा पुग्ने तेस्रो टोलीको टुङ्गो लगाउने छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्