जेन जी आन्दोलन पछि पहिलो पटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ आश्विन २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ । बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । बुधबार सुरु हुने बैठक शुक्रबारसम्म चल्नेछ ।

बैठकमा राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुनेछ ।

- Advertisement -
Ad imageAd image

यसअघि आइतबार भक्तपुरको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्ने निर्णय गरेको थियो । बैठकले पार्टीको ११ औँ महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरे पनि मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्ने बताइएको छ ।

एमालेको २०८२ असोज १२ गते बसेको सचिवालय बैठकले पार्टीको ११ औँ महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ।

गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा बैठक गर्न लागेको हो।

यसअघि असोज २७ गतेदेखि सुरु हुने भनिएको बैठक तयारी नपुगेको भन्दै एमालेले बुधबारदेखि गर्न लागेको हो। जेनजी आन्दोलनको बलमा सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाट पनि बिदा हुन पार्टी भित्रैबाट दबाब बढ्दै गएको बेला हुन लागेको केन्द्रीय कमिटी बैठकलाई चासोको साथ हेरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्