राष्ट्रपति पौडेलद्वारा विपिनको निधनप्रति दुःख व्यक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन्।

उनले प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि आफूलेसमेत पटक-पटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताए ।

- Advertisement -
Ad image

उनले जोशीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गरे ।

हमासले गएराती रेडक्रस मार्फत विपिनको शव हस्तान्तरण गरेको थियो । त्यसपछि मंगलबार इजरायली सेनाले डिएनए परिक्षणपछि सो शव विपिनको भएको पुष्टि भएको जानकारी दिएको हो । साथै इजराली सेनाले हमासले विपिनको हत्या अपहरण गरेको केहि महिनामै गरेको अनुमान गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्