कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएसँगै देउवा स्वास्थ्य उपचारका लागि विदेश जाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ आश्विन २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको हो ।

खड्कालाई कार्यवाहक उपसभापतिको जिम्मेवारी दिएर कांग्रेस सभापति शेरबहादुर देउवा उपचारका लागि विदेश जाने तयारीमा रहेका छन् ।

- Advertisement -
Ad image

सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै आजको बैठक स्थगित गरिएको छ । पर्सि फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक भएका हुन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्